डलरदेखि दिनारसम्म, हेर्नुहोस् आजको विदेशी मुद्राको दर

डलरदेखि दिनारसम्म, हेर्नुहोस् आजको विदेशी मुद्राको दर

मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • डलरदेखि दिनारसम्म, हेर्नुहोस् आजको विदेशी मुद्राको दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा तोकिएको छ।

    युरोको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा रहेको छ। युके पाउन्डको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा तोकिएको छ।

    अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ ९५ पैसा/१०८ रुपैयाँ ३७ पैसा तथा सिङ्गापुर डलर १२० रुपैयाँ १२ पैसा/१२० रुपैयाँ ५९ पैसा रहेको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा तथा चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ३ पैसा तोकिएको छ।

    त्यस्तै साउदी रियालको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा, कतारी रियाल ४२ रुपैयाँ १९ पैसा/४२ रुपैयाँ ३५ पैसा तथा युएई दिराम ४१ रुपैयाँ ८७ पैसा/४२ रुपैयाँ ३ पैसा रहेको छ।

    कुवेती दिनारको मूल्य सबैभन्दा उच्च छ। एक कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ५०० रुपैयाँ ७५ पैसा तोकिएको छ। बहराइन दिनारको बिक्रीदर ४०९ रुपैयाँ ४७ पैसा र ओमनी रियालको ४०० रुपैयाँ ९९ पैसा रहेको छ।

    भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij