भुटानलाई ४–१ गोलले हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

भुटानलाई ४–१ गोलले हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • भुटानलाई ४–१ गोलले हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । भुटानलाई हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

    नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई उपाधिनजिक पुर्‍याएका हुन् ।

    निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो ।

    अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदैछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij