लुम्बिनीको वन मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

लुम्बिनीको वन मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • लुम्बिनीको वन मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

    काठमाडौं । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् ।

    मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीति बमोजिम अवधि पुगेका सबै कर्मचारीका सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कर्मीले बताए । 

    उनले एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको बताउँदै कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्या पनि सिर्जना भइरहेको गुनासा आएको बताए । 

    मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन सरुवाको यो निर्णय गरेको मन्त्रालयले जनाएको छ । निर्णयबाट प्रभावित भएर अन्य मन्त्रालयले पनि दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्ने मन्त्रालयका कर्मचारीको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij