समूह 'बी' को विजेता बन्दै भारत सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने

समूह 'बी' को विजेता बन्दै भारत सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • समूह 'बी' को विजेता बन्दै भारत सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने

    काठमाडाैं । माल्दिभ्सलाई हराउँदै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

    ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो । भारतका लागि इन्ज्युरी समयमा किप्गेनले गोल गरे । माल्दिभ्स भने दुवैमा खेलमा पराजित हुँदै बाहिरिएको छ । यो समूहबाट भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

    योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बङ्गलादेशसँग खेल्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij