रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा

रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा

    काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको हो । 

    ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएकाे छ । 

    ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij