बङ्गलादेशले श्रीलङ्कालाई हराउँदा नेपाल एक खेलअघि नै सेमिफाइलनमा

बङ्गलादेशले श्रीलङ्कालाई हराउँदा नेपाल एक खेलअघि नै सेमिफाइलनमा

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बङ्गलादेशले श्रीलङ्कालाई हराउँदा नेपाल एक खेलअघि नै सेमिफाइलनमा

    काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

    समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

    समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ । 

    नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

    त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij