साफ यू–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्ने

साफ यू–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्ने

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • साफ यू–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्ने

    काठमाडौं । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।

    नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन् । २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।

    प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिता सन् २०१५ देखि शुरुवाता भएको हो । नेपालले यो प्रतियोगिता आयोजना गरेको चौथो पटक हो । अहिलेसम्म पाँच संस्करण भएकोमा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलमा पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij