काठमाडौं ।नेपालले आईसीसी यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको हो ।
क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु–१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।
छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् । यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।