सर्लाही । सर्लाहीमा भएको जीप दुर्घटनामा परेर १० जना घाइते भएका छन् । सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा सोमवारसाँझ भएको जिप दुर्घटनामा १० जना घाइते भएका हुुन्। जिल्ला नापी कार्यालय सर्लाहीका कर्मचारी सवार जिप दुर्घट्नामा परेको बताइएको छ ।
भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुुर्घनामा परेका सबै घाईते नापीकै कर्मचारी रहेको प्रहरीले जनाएको छ। घाईते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेको प्रदेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि पर्साको वीरगन्ज रेफर गरिएको छ।
मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको जिप उखु बोकेर सोही दिशा तर्फ आउँदै गरेको ट्याक्टर पछाडि ठोक्किँएर दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।