सूर्यविनायक धुलिखेल सडक निर्माण अवरोध पुुर्याउँने घरटहरा हटाउन शुरु

सूर्यविनायक धुलिखेल सडक निर्माण अवरोध पुुर्याउँने घरटहरा हटाउन शुरु

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • सूर्यविनायक धुलिखेल सडक निर्माण अवरोध पुुर्याउँने घरटहरा हटाउन शुरु

    भक्तपुर । सूर्यविनायक धुलिखेल सडक बिस्तारमा अवरोध गर्दै आएका घरटहरा हटाउन शुरु गरिएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने ती घर टहरा हटाएर सडक बिस्तारलाई गती दिन थालिएको हो ।

    सडक बिभागका अनुसार सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा सोमवारदेखि भत्काउन थालिएको छ ।  अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर निर्माण गरिएका घरटहरालगायत भौतिक संरचना नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए । 

    सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा एकैसाथ सडक विस्तार गर्दै आएको छ । कार्य क्षेत्रमा खटिएका आयोजनाको इञ्जिनीयर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताए ।

    सडक मापदण्डभित्र रहेका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुरका प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबीच भएको छलफलपछि प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा त्यस्ता संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij