तनहुँमा बस दुर्घटना, १३ जना घाइते

तनहुँमा बस दुर्घटना, १३ जना घाइते

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • तनहुँमा बस दुर्घटना, १३ जना घाइते

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई शनिबार अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । 

    सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुई वटा बस दुर्घटनामा परेको  हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

    लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij