साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

    काठमाडौं । काठमाडौंमा यही अगष्ट १८ देखि २८ (भदौ २ देखि १२ गते)  सम्म हुने साफ यू-२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

    उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्ने छ ।

    च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

    समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।

    खेलाडीहरुको सूची

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij