रास्वपा बागमतीको ‘क्लोज क्याम्प’ भक्तपुरमा सुरु

रास्वपा बागमतीको ‘क्लोज क्याम्प’ भक्तपुरमा सुरु

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • रास्वपा बागमतीको ‘क्लोज क्याम्प’ भक्तपुरमा सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको ‘क्लोज क्याम्प’  आजदेखि भक्तपुरमा सुरु भएको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। सोही अनुसार आज र भोलि  भक्तपुरमा भइरहेको छ ।

    सोहीअनुसार पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको हो । बागमतीको क्लोज क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित करिब २ सय ५० जना सहभागी छन् ।

    बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय  सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहेका छन् । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ।

    अन्य प्रदेशमा भने भोलि र पर्सी ‘क्लोज क्याम्प’ हुने रास्वपाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij