मुगुमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

मुगुमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • मुगुमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

    काठमाडौं ।  मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा आगलागी भएको थियो । आमा सरस्वती सन्ज्यालसहित १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीय छोरी झरना सन्ज्याल घरको गोठमासँगै सुतेका थिए ।

    आगलागीपछि आमा बाहिर निस्कन सफल भए पनि छोराछोरी निस्किन नसकेपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

    अहिले स्थानीयको सहभागितामा आगो नियन्त्रण प्रयास भइरहेको छ । सोमबार बिहानसम्म पनि आगो नियन्त्रणमा आएको थिएन । आगलागी भएको गाउँ जिल्ला सदरमुकाम गमगढी देखि १६कोष टाढा रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij