भक्तपुर । पहिरोले अवरुद्ध भक्तपुर नगरकोट सडक सञ्चालनमा आएको छ । लगातारको बर्षापछि गएको पहिरोले अवरुद्ध भएको सडक चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको सक्रियतामा पहिरो पन्छाएर सञ्चालनमा आएको हो ।
दिउसो पौने तीन वजेदेखि चाँगुनारायण–६ मुहान पोखरी नजिक सडक अवरुद्ध भएको थियो । सडक अजरूद्ध हुँदा भक्तपुरबाट नगरकोट जाने र नगरकोटबाट भक्तपुर आउने दर्जनौ सवारी साधन अलपत्र परेका थिए ।
नगर प्रमुख खत्रिका अनुसार सडक खुलाउन दुईवटा डोजर प्रयोग गरिएको थियो । सडक छिटो खुलाउनकै लागि नगर प्रमुख खत्री लगायतको टोली सडक अवरुद्ध भएको स्थानमै खटिएको बताइएको छ । सडक खुलाउन सुरक्षाकर्मी समेत परिचालन गरिएको थियाे ।