पहिरोले भक्तपुर-नगरकोट सडक अवरुद्ध

पहिरोले भक्तपुर-नगरकोट सडक अवरुद्ध

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • पहिरोले भक्तपुर-नगरकोट सडक अवरुद्ध

    भक्तपुर । लगातारको बर्षापछि खसेको पहिरोले भक्तपुर नगरकोट सडक अवरुद्ध भएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीका अनुसार दिउसो पौने तीन वजेदेखि चाँगुनारायण-६ मुहान पोखरी नजिक सडक अवरुद्ध भएको हो । 

    नगर प्रमुख खत्रिका अनुसार सडक खुलाउन दुईवटा डोजर प्रयोग गरिएको छ ।  सडक छिटो खुलाउनकै लागि नगर प्रमुख खत्री लगायतको टोली सडक अवरुद्ध भएको स्थानमै खटिएको बताइएको छ । सडक खुलाउन सुरक्षाकर्मी समेत परिचालन गरिएको बताइएको छ । सडक साँझ छ वजेसम्ममा एकतर्फी रूपमा सञ्चालनमा ल्याउने गरि काम भइरहेको नगर प्रमुख खत्रीले बताए ।

    1.jpg

    2.jpg

    3.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij