काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५–१५, २५–१६, २५–२३ ले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२–८ को अग्रता लिएपछि भारतलाई केही कठिन परेको थियो ।
भारतले लगातार चार अंक बटुल्दै १२–१२ बराबरि गरेको थियो । निरन्तर प्रतिस्पर्धा भएको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले जित्यो । भारतले फाइनलमा बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनल खेलमा आज ५ ः १५ मा नेपाल र इरानबिच प्रतिस्पर्धा हुँदैछ । लिगमा इरानले नेपाललाई ३–२ को सेटमा हराएको थियो । त्यसैको कारण नेपाल शिर्षस्थानमा रहदै श्रीलंकासँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको थियो । इरान ४ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ तेस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।