भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु

भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु

    भक्तपुर । भक्तपुरमा पानी भरेको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सोमबार साँझ सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा खेल्ने क्रममा २० लिटरको बाल्टिनमा डुबेर गिता बस्नेतको ११ महिनाकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । 

    खेल्ने क्रममा पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबेपछि बालिकालाई उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगिएको थियो । उपचारका क्रममा नै उनको निधन भएको हो । 

    लाश पोष्मार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य सुरु गरेको छ । 

    घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij