आइसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली ‘क्याम्प’ को घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली ‘क्याम्प’ को घोषणा

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • आइसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली ‘क्याम्प’ को घोषणा

    काठमाडाैं । आइसीसी मेन्स विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली ‘क्याम्प’ काे घोषणा भएको छ।

    आगामी सेप्टेम्बरदेखि क्यानडामा हुन लागेको विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले ‘क्याम्प’ काे घाेषणा गरेको हो।

    क्यानले रोहित पौडेलको नेतृत्वमा २२ सदस्यीय ‘क्याम्प’ काे घोषणा गरेको हो।

    यस्ताे छ ‘क्याम्प’

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, वासिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा।

    सेप्टेम्बरमा क्यानडाले नेपाल र ओमानसँग त्रिकोणात्मक श्रृंखलाको आयोजना गर्दैछ। यद्यपि श्रृंखलाको मिति तय भइसकेको छैन। यसअघि क्यानडाले नेदरल्यान्ड्समा त्रिदेशीय श्रृंखला खेल्ने छ। यो श्रृंखलामा अमेरिका पनि समावेश छ।

    यो विश्वकप लिग २ नेपालका लागि दोस्रो श्रृंखला हो। नेपालले यसअघि फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्ससँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गरेको थियो।

    त्यो श्रृंखलामा नेदरल्यान्ड्ससँग जितेको नेपालले नामिबियाविरूद्धको दुवै खेलमा हार बेहोर्नु परेको थियो।

    विश्वकप लिग २ मा स्कटल्यान्ड सात खेलबाट ९ अंकसहित शीर्ष स्थानमा रहेको छ। क्यानडा चार खेलबाट आठ अंकसहित दोस्रो नामिबिया आठ अंकसहित तेस्रो स्थानमा छ। चार खेलबाट दुई अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij