काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौं । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३(२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 

    निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट  नेपालले २५–१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५–१७ ले पाखा लागायो । तर चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्‍यो । 

    उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि  दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 

    जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३(० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij