भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा टुंगियो

भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा टुंगियो

शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा टुंगियो

    काठमाडौं । भारत र श्रीलंकाबीचको पहिलो ओडीआई खेल टाई (बराबर) मा सकिएको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २ सय ३० रनमा अलआउट बन्न पुगेको हो । 

    भारतलाई अन्तिम १५ बलमा जित्नलाई १ रन चाहिँदा हातमा २ विकेट थियो । तर कप्तान चरिथ असलंकाले स्पिन बलिङ गर्दै ४८ औं ओभरको चौथो बलमा शिबम दुबे र पाँचौं बलमा अर्शदीप सिंहलाई एलबीडब्लू आउट गर्दै खेल नाटकीय रुपमा टाई गरका थिए । सुपर ओभर नहुँदा पहिलो ओडीआई बराबरीमा सकिएको छ ।

    कप्तान रोहित शर्माले ४७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए । शुभमन गिल १६, विराट कोहली २५, वासिन्टन सुन्दर ५, श्रेयस ऐर २३, लोकेश राहुल ३१ र अक्षर पटेल ३३ रनमा आउट भए ।

    तल्लोक्रममा शिवम दुबले २४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाए । जित्नलाई १ रन चाहिँदा दुबे चरिथ असलंकाको बलमा एलबीडब्लू आउट भए । श्रीलंकाले रिभ्यु लिदै आउट गरेको थियो । लगत्तै आएका अर्शदीप पनि एलबीडब्लू आउट भएपछि नाटकीय रुपमा खेल बराबरीमा सकिएको थियो ।

    चरिथ असलंकाले ८.५ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । दुनिथ वेलालागे २, असिथ फेनान्डो र अकिला धनन्जयले १(१ विकेट लिए ।

    त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंका युवा अलराउण्डर दुनिथ वेलालागे ६५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । ओपनर पाथुम निसांकाले ७५ बलमा ९चौकासहित ५६ रन जोडे । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

    ओपनर अविष्का फ्रेनान्डो १, कुशल मेन्डिस १४, सदिरा समाविक्रामा ८, जेनिथ लियानागे २०, वानिन्दु हसरंगा २४, अकिला धनन्जय १७ र कप्तान चरिथ असलंका १४ रनमा आउट भए ।

    भारतका अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट लिए । मोहम्मद शिराज, शिवम दुबे, कुलदीप यादव र वासिन्टन सुन्दरले १–१ विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो बुधबार हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij