कौशलटारमा फर्निचर उद्योगमा आगलागी, साढे दुई करोड बढीको क्षति

कौशलटारमा फर्निचर उद्योगमा आगलागी, साढे दुई करोड बढीको क्षति

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • कौशलटारमा फर्निचर उद्योगमा आगलागी, साढे दुई करोड बढीको क्षति

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका-३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड ६० लाख बराबरको क्षति भएको छ । 

    नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवम् फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

    आगो भक्तपुर, काठमाडौँ र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij