भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्, अर्थात नन ग्रेडेड भएका छन् ।
शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। नियमिततर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ।
नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या ५ हजार छ सय ३२ छ भने १ सय २ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

