पोखरा स्कुल बस दुर्घटना : ५ वर्षका प्रिन्स र उनकी आमाको मृत्यु

पोखरा स्कुल बस दुर्घटना : ५ वर्षका प्रिन्स र उनकी आमाको मृत्यु

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • पोखरा स्कुल बस दुर्घटना : ५ वर्षका प्रिन्स र उनकी आमाको मृत्यु

    काठमाडौं ।  पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । 

    घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij