पोखरामा स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु, २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु, २९ जना घाइते

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • पोखरामा स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु, २९ जना घाइते

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेकी छिन् । 

    दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको जनाइएको छ । 

    आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij