टिप्परको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • टिप्परको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका सुवास तामाङको मृत्यु भएको हो ।

    आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा।४ ख २९०१ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो । मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का स्थानीय हुन् ।

    भक्तपुर तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार हुँदैछ । टिप्पर चालक २८ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राई काभ्रेको मण्डन देउपुर गाउँपालिका–६ मा बस्छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij