सुधारियो सीता, रुबिना र इन्दुको अलराउन्डर वरीयता

सुधारियो सीता, रुबिना र इन्दुको अलराउन्डर वरीयता

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • सुधारियो सीता, रुबिना र इन्दुको अलराउन्डर वरीयता

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान र पूर्वकप्तानसहित ३ खेलाडीको आईसीसी टी–२० अलराउन्डर वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ब्याटिङ वरीयतामा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले आफ्नो अलराउन्डर वरीयतामा सुधार गरेका हुन् ।

    नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले ६ स्थान सुधार गर्दै ४८ औं स्थानमा उक्लिएकी छिन् । यस्तै अर्की सिनियर खेलाडी सीता राना मगरले १५ स्थान सुधार गर्दै ५८ औं स्थानमा उक्लिएकी छिन् । नेपालकी कप्तान इन्दु बर्मा पनि १२ स्थान सुधार गर्दै ६७ औं स्थानमा उक्लिएकी छिन् ।

    टी-२० महिला अलराउन्डरको वरीयतामा वेष्ट इन्डिजकी ह्याले म्याथयू शीर्ष स्थानमा रहेकी छिन् । अष्ट्रेलियाकी अग्ले गार्डनर दोस्रो स्थानमा छिन् भने भारतकी दिप्ती शर्मा तेस्रो स्थानमा रहेकी छिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij