भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ६ डेकोचामा व्यासीबाट कमलविनायक जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    मंगलबार राति पौने ९ बजे बागमती ३ ख ५०८० नम्बरको बसले अचानक एक पुरूषलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पुरूषलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो । पहिचान नखुलेको शव सोही अस्पतालमा राखिएको छ ।

    बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० घर भई भक्तपुर आदर्श बस्ने ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij