शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र : एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण, सबै सफल

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र : एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण, सबै सफल

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र : एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण, सबै सफल

    भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा सत्प्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल घर गएका छन् ।
     
    कलेजो प्रत्यारोपण शल्यिचिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलिले कलेजो प्रत्यारोपण गर्ने गरेको छ । विरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त संख्यामा नियमित नभए सम्म जुन सुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने कुरा डा श्रेष्ठले बताए  ।

    केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको कुरा समेत डा श्रेष्ठले जानकारी गराए । केन्द्रमा ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको छ ।

    1.webp

    सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरेको यस केन्द्रले सन् २०१९ मा डा। पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोली बाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । 

    केन्द्रले हाल सम्म गरेको २६ जनाको कलेजो प्रत्यारोपण मध्ये २४ जना ग्रहणकर्ता पुरुष र २ जना मात्र महिला छन भने १८ जना कलेजो दाता महिला र ८ जना दाता पुरुष रहेको कुरा केन्द्रले जनाएको छ ।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा न्युनतम शुल्क रु १५ देखि २० लाख मा कलेजो प्रत्यारोपण गर्ने संस्था हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij