लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार
    तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । 
     
    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ः३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।  
     
    कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij