लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।

    यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।

    केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सोअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ । एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दुई दलको बैठकसमेत बसेको थियो । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दाबी पेस गर्ने तयारी गरिएको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij