लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

    सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ। लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन्।

    लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। त्यस्तै माओवादी केन्द्रका १० सांसद छन्। त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई–दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन्।

    ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij