भक्तपुर । भक्तपुर नगरपालिका-८ लिवालीस्थित ब्रम्हलाल गणेशको घरमा जुवातास खेलिरहेको अवस्थामा चांगुनारायण नगरपालिका-५ छालिङ बस्ने ७६ वर्षीय सानु प्रसाद बन समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।