वर्षा अघिनै हनुमन्ते खोला सफा गरेर बस्तीमा डुबान हुनबाट जोगायौं : दिपेन्द्र केसी

वर्षा अघिनै हनुमन्ते खोला सफा गरेर बस्तीमा डुबान हुनबाट जोगायौं : दिपेन्द्र केसी

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • वर्षा अघिनै हनुमन्ते खोला सफा गरेर बस्तीमा डुबान हुनबाट जोगायौं : दिपेन्द्र केसी

    भक्तपुर । वर्षा ऋतु सुरु हुनुभन्दा अगाडि नै हनुमन्ते खोला सफा गरेर खोला वरिपरिका बस्तीमा डुबान हुनबाट जोगाएको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र केसीले दाबी गरेका छन् । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा वडाध्यक्ष केसीले खोला वरिपरिको बस्तीमा डुवान नभएको बताएका हुन् । 

    3 (2).jpg

    ‘खोलामा २ देखि ३ मिटरसम्म माटो जमेर बसेको थियो । नगरपालिकाको सहयोगमा वडाले डोजर लगाएर खोलाभित्र जमेको माटो र लेदो खोलाको दायाँबायाँ राखेका छौं ।’ उनले भने । वडाको सोही कदमका कारण वर्षनी बस्तीमा पस्नेगरेको बाढी यसपटक भने नपसेको वडाध्यक्ष केसीले बताए । 

    khola.jpg

    सूर्यविनायकको वडा नम्बर ३ ले भौतिक पूर्वाधार निर्माणका कार्यमा रफ्तार लिएको छ । वडामा निर्माणाधिन अवस्थामा रहेको ढलको निर्माण तथा व्यवस्थापनका ९५–९८ प्रतिशत कार्य सम्पन्न भइसकेको केसीले जानकारी दिए । त्यस्तै, बाटो निर्माणका कार्य पनि ९५ प्रतिशत सकिइसकेको उनले बताए । अबको केही वर्षमा नै सूर्यविनायक–२ का सबै सडकलाई पिच र ढलान गरेर धुलो र हिलोरहित बनाउने लक्ष्य लिइएको वडाध्यक्ष केसीले बताए । 

    वडाले स्वास्थ्य क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्दै आएको छ । स्वास्थ्य चौकीमा विश्व स्वास्य संगठन फ्रिज ल्याइएको उनले बताए । सो उपकरणका कारण वरिपरिका स्वास्थ्य संस्थाका लागि खोप जम्मा गर्ने केन्द्रका रुपमा स्थापित हुन सकिने उनले बताए । 

    अबका दिनमा वडाले शिक्षा क्षेत्रको स्तरोन्नतिका कार्यलाई पनि प्राथमिकतामा राखेको छ । ३ नम्बर वडामा एउटै मात्र सामुदायिक विद्यालय रहेको र त्यसमा पनि कक्षाकोठाको अभाव भएको हुँदा अबका समयमा नयाँ भवन बनाउने र यही वर्षमा नै कक्षाकोठाहरु थप्ने योजना बनाइएको वडाध्यक्षले जानकारी दिए । 

    सांस्कृतिक महत्वका स्थलको स्तरोन्नतिका लागि वडाले ब्रह्मानगरको पञ्चायन भगवतीको मन्दिर, हनुमन्तेश्वर मन्दिर, गिरीजापाटीमा गणेश मन्दिर आदिको निर्माणमा सहयोग पुर्याएको उनले जानकारी दिए । 

    नगरपालिका र वडाले भौतिक निर्माणका कार्य र सामाजिक विकासलाई समानान्तर रुपमा अगाडि बढाइरहँदा वडाबासीले हाल खानेपानीको समस्या भने भोग्नुपरेको केसीले बताए । खानेपानीका लागि नगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको र वैशाखमा नै पानी वितरण गर्ने भनिएको भएतापनि पूर्वाधार तयार नभएकाले तत्कालका लागि त्यो विकल्प नरहेको उनले बताए । तर, अब दशैंसम्ममा भने पानी वितरण भइसक्ने र वडाबासीले पानीको अभावबाट सधैंका लागि मुक्त हुने उनले दाबी गरे । 

    3 (1).jpg

    वडामा फोहोर व्यवस्थापनका लागि भने तत्काल कुनैपनि समस्या नदेखिएको वडाध्यक्षले दाबी गरे । कुहिने फोहोर प्रायः घरैमा व्यवस्थापन हुने गरेको र नकुहिने फोहोर नेपाल फूलबारी प्रदूषण नियन्त्रण सेवाले संकलन गर्ने गरेको हुँदा फोहोर व्यवस्थापनमा भने कुनैपनि समस्या नदेखिएको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij