डोलेश्वरमा एक महिने साउने मेला सुरु, दर्शनार्थीको भीड व्यवस्थापन गर्न कुपन प्रणाली

डोलेश्वरमा एक महिने साउने मेला सुरु, दर्शनार्थीको भीड व्यवस्थापन गर्न कुपन प्रणाली

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • डोलेश्वरमा एक महिने साउने मेला सुरु, दर्शनार्थीको भीड व्यवस्थापन गर्न  कुपन प्रणाली

    भक्तपुर । साउन महिना सुरु भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं- ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

     मेला सुरु भएसंगै केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्थनार्थीको भीड लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर यतिबेला भरिभराउ भएको छ । साउन महिनाभरी मेला लाग्ने भएकाले पनि यहाँ हजारौंको संख्यामा दर्शनार्थी सहभागी भएका हुन् ।

    यस्तै आशापुरी महादेव मन्दिरमा पनि पूजा पाठ, रुद्री, होम गर्ने र साउन महिनामा व्रत बस्ने महिला दर्शनार्थीको भीड लागेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रे जिल्लाका अलवा मुलुुकका बिभिन्न भाग तथा ठुुलो संख्यामा भारतीय तिर्थयात्रीसमेत आउने गर्दछन् ।

    डोलेश्वरमा हरेक वर्षजस्तै यो वर्ष पनि साउन १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ । मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि लाइन कुपन प्रणाली व्यवस्था गरेको छ ।

    समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुुसार, ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको सहज बन्दोबस्त मिलाइएको छ । विहान चन्द्रविनायक मन्दिर पौखेलदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरिएको छ ।

    शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले पूजा गर्न एक घण्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । मेलाबाट करिब एक करोड रुपैयाँ आम्दानी हुने तथा १० लाख खर्च हुने अपेक्षा गरिएको छ । विशिष्ट धर्मगुरुबाट धार्मिक प्रवचन तथा कलाकारहरूबाट भजन कीर्तन हुने भएको छ ।

    मेलाको ३८ दिन नै स्थानीय गुरुहरूबाट नित्य पूजा, पाठ पारायण कार्य तथा विमला गंगा आरती हुनेछ । मन्दिरमा भारतीय दर्शनार्थीहरुको बाक्लो उपस्थिति छ । पञ्चस्नान गर्ने दर्शनार्थीका लागि रु एक हजार एक सयको रसिद काटेर दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    यस मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij