स्पेनलाई चौथोपटक युरोकपको उपाधि

स्पेनलाई चौथोपटक युरोकपको उपाधि

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • स्पेनलाई चौथोपटक युरोकपको उपाधि

    काठमाडौं । स्पेनले  युरोकपको उपाधि उचालेको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पाखा लगाउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो । 

     निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहंदा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई चौथोपटक जित दिलाए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    दोस्रो हाफको सुरुवातमै स्पेनका लागि लामिन यामालको पासमा निको विलियम्सले गोलगर्दै अग्रता दिलाएका थिए। ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फाइनल खेलमा स्पेन हावी हुंदै ६६ प्रतिशत बल आफ्नो पकडमा राखेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij