रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले क्यारेबियन लिग खेल्ने

रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले क्यारेबियन लिग खेल्ने

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले क्यारेबियन लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन क्रिकेट लिग खेल्ने भएका छन् ।

    क्यारेबियन फ्रेन्चाइज लिग अगस्ट १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने छ । यो प्रतियोगिता टी-१० फर्म्याटमा हुने छ ।

    रोहित मियामी लायन्समा आबद्द भएका हुन् । यो टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीका रुपमा रहनेछन् । त्यस्तै, दीपेन्द्रलाई ग्रान्ड केम्यान स्टिङरेजले नियुक्त गरेको छ । 

    प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij