भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको तयारी पुरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक बर्ष झै यस बर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८दिने श्रावणी मेलाको तयारी पुरा भएको बताए ।
यस बर्ष मेला सम्पन्न गर्न करिव १० लाख खर्च हुने अनुमान रहेको उनको भनाइ छ । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनाथीको अत्याधिक भीड हुने भए पनि पुजा गर्न एक घण्टा भन्दा बढी बस्न नपर्ने गरी व्यवस्था गरिएको बस्नेतले जनाकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार, यसबर्ष मेलामार्फत भेटी र चन्दा सहयोगबाट १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ । मेलाका क्रममा साउन १ गते विहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने भएको छ ।
अध्यक्ष बस्नेतका अनुसार, प्रत्येक सोमबार र शनिबार दिन विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती रहने र विमला गंगा आरती हुने छ। त्यस्तै, ३६ दिन नै स्थानीय गुरुहरुबाट नित्य पुजा लगायत पाठपारायण कार्य हुने छ।
२०६६ साल भदौमा मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने छन् । भक्तजनहरुका लागि प्रवेश खुल्ला तथा श्रीबणी मेला २०८१ को यज्ञ पुर्णाहुती सहित मेलाको समापन हुने भएको छ । मेला अवधिमा पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ।

कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास हुंदै गएको बताउदै नगरपालिकाले यहाँका शिवालयहरुलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए ।
केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भइसकेको धार्मिक स्थालका रुपमा परिचित भएको बताउँदै वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय दर्शनार्थीहरु समेत आउने गरेको जानकारी दिए ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको बताउदै गरेको जानकारी दिए स्थानीयस्तर र यहाँको जनतासँग जाडेर यहाँको आर्थिक विकासका लागि समेत नगरपालिका र वडा कार्यालयले कार्यक्रम अगाडि बढाएको बताए ।
श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने र दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यबस्था गरिएको बताए ।
यसका साथै समितिका महासचिव हरिशरण बस्नेतले यस बर्ष श्रीवणी मेलाबाट १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको बताए । त्यसमध्ये ६० प्रतिशत रकम भारतीयले चढाएको र ४० प्रतिशत नेपाली चढाएको भेटि संकलन हुने जनाएका छन् ।

मेलाका लागि जिल्ला प्रहरी परिसर भुक्तपुर, महानगरीय प्रहरी बृत जगाती, डोलश्वर प्रहरी चौकीलाई सुरक्षा व्यवस्थापन र महानगरीय ट्राफिक प्रहरी परिसरलाई ट्राफिक व्यवस्थापन नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुर तथा विभिन्न सङ्घसंस्था एवं स्थानीयको सहभागिता हुनेछ ।