भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टको समस्याबारे अध्ययन गर्न समिति गठन

भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टको समस्याबारे अध्ययन गर्न समिति गठन

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टको समस्याबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नलिनचोक हेलिपोर्टको समस्याहरू अध्ययन गर्न समिति गठन गरेको छ ।

    हेलिकप्टर पाइलटहरूले नलिन्चोक हेलिपोर्टबाट उडान गर्दा उच्च जोखिम भएकाले न्यूनीकरणका लागि असार १६ गते प्राधिकरणलाई पत्र पठाएका थिए । यही पत्रमा भनिएका विषयहरूमा अध्ययन गर्नका लागि प्राधिकरणले बुधबार समिति गठन गरेको हो ।

    समितिले हेलिपोर्टको अध्ययन गरी एक साताभित्र प्राधिकरणमा प्रतिवदेन बुझाउनेछ । सोही प्रतिवेदनको आधारमा हेलिपोर्टलाई थप सुरक्षित र सुदृढ बनाइने प्राधिकरणले जनाएकाे छ । 

    हेलिकप्टर पाइलटहरूले भने बिहीबार (आज)देखि नलिनचोकबाट उडान नगर्ने घोषणा गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij