भक्तपुरको गुण्डुमा दुई स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

भक्तपुरको गुण्डुमा दुई स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • भक्तपुरको गुण्डुमा दुई स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

    भक्तपुर । सुर्यबिनायक नगरपालिका-७ गुण्डु तीनधारे स्थित सडकमा बा.प्र.०२-०२२ प १७४८ नम्बरको स्कुटर र बा.प्र.०२-०१७ प ५०१२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुदाँ बा.प्र.०२-०२२ प १७४८ नम्बरको स्कुटर चालक सुर्यबिनायक नगरपालिका-५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीया राजाराम थापामगरको मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी बा.प्र.०२-०१७ प ५०१२ नम्बरको स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij