मोटरसाइकल चोरीमा संलग्न एक जना भक्तपुरबाट पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जना भक्तपुरबाट पक्राउ

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • मोटरसाइकल चोरीमा संलग्न एक जना भक्तपुरबाट पक्राउ

    काठमाडौं । भक्तपुरको पलाँसेबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ घर भइ हाल काठमाडौंको आरुबारी बस्ने २४ वर्षीय लाक्पा काजी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    बागमती प्रदेश–०२–०४८ प ९५ ४७  नम्बरको स्कुटर काठमाडौंको गोंगवुबाट हराएको भनि अजय तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

    खोजतलासका क्रममा उक्त स्कुटर सहित शेर्पालाई आज अपरान्ह ४ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि शेपालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij