भक्तपुर । भक्तपुरमा दिउँसै चोरी भएकाे छ । मध्यपुर ठिमी नगरपालिका–२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको घरबाट आइतबार दिउँसो चोरी भएको हो ।
नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।