पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा सञ्चालनमा

पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा सञ्चालनमा

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा सञ्चालनमा

    तनहुँ । पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा सञ्चालनमा आएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको हो ।

    शनिबार दिउँसो ४ बजे वर्षापछि फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाएको थियो । अस्थायी कल्भर्ट बनाएर अवरुद्ध भएको सडक  आज बिहान पाँच बजेदेखि सञ्चालनमा आएको हो । 

    पहिरोमा पुरिएकी महिलाको शव फेला 

    यसैबीच तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी कार्य भइरहेको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको प्रहरीले जनाएको छ ।  

    पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए ।

     पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij