आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

शुक्रवार, आषाढ २१ २०८१
शुक्रवार, आषाढ २१ २०८१
  • आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

    भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा सो कार्याक्रमको आयोजना गरिएको हो ।

    त्यसै क्रममा रेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा संगको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी दिइन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको देउजाले जानकारी दिइन् ।

    शिविरमा निःशुल्क आँखा जाँच र सुगर परीक्षणसमेत गरिएको थियो । शिविरमा उपचार गरिएका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको प्रधानाध्यापक देउजाले बताइन् । प्रधानाध्यापक देउजाका अनुुसार शिविरमा ईसीजी, ईको, यूएसजी, एक्सरे लगायतका सेवामा भने २० प्रतिशत छुट दिइएको थियो ।

    sibir 1.jpeg

    शिविरको उद्घाटन् मध्यपुर थिमि नगरपालिकाका प्रबक्ता, वाडाध्यक्ष एवं आस्था महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरी आचार्यले गरेका थिए । कार्यक्रमलाई सम्बोधनगर्दै आचार्यले यस क्षेत्रकै उदाहरणीय विद्यालयका रुपमा रहेको आस्था महिला बिद्यालयले भवनको अभावमा गुणस्तरीय पढाईमा बाधा पुुगेको बताउँदै जग्गा व्यवस्थापन गरेर आफ्नै पालामा भवन निर्माण गर्ने बताए ।

    शिविर उद्घाटनका अवसरमा नागरिक अस्पतालमा नायव मेडिकल सुुपेरिडेण्ट डा अकोश राईले नागरिक अस्पतालले आस्था महिला विद्यालयका बिद्यार्थीलाई उपचारमा २० प्रतिशतसम्म छुुट दिने बताए । 

    sibir.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij