नगरपालिकाको ‘एक वडा एक फल्चा’ नीतिको पालना गरेका छौं : प्रदिप कार्की

नगरपालिकाको ‘एक वडा एक फल्चा’ नीतिको पालना गरेका छौं : प्रदिप कार्की

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • नगरपालिकाको ‘एक वडा एक फल्चा’ नीतिको पालना गरेका छौं : प्रदिप कार्की

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले अवलम्बन गरेको ‘एक वडा एक फल्चा’ नीतिको पालना गरिएको २ नम्बर वडाका वडाध्यक्ष प्रदिप कार्कीले बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा कार्कीले आफ्नो वडामा नगरपालिकाको उक्त योजनाको कार्यान्वयन गरिएको बताएका हुन् । 

    सूर्यविनायकको २ नम्बर वडाले गणेश मन्दिरमा फल्चा निर्माण गरेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको गरि ३० लाख रुपैयाँ बजेटमा उक्त फल्चा निर्माण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । फल्चासँगै उक्त स्थानमा चौतारीसमेत निर्माण गरिएको उनले जानकारी दिए । 

    1.jpg

    हाल फल्चा बनाइएको स्थानमा पहिलेपनि फल्चा रहेको थियो । विभिन्न कारणबाट उक्त फल्चा नष्ट भएपछि पहिलेकै स्थानमा नयाँ फल्चा बनाइएको उनले बताए । ‘अहिले फल्चा बनाएको स्थानमा पहिले पनि फल्चा रहेको थियो । विभिन्न कारणले जीर्ण भइ भत्किएका कारण हाल निर्माण भएको फल्चा त्यसैको स्मारकको रुपमा रहेको छ ।’ वडाध्यक्ष कार्कीले भने ।  उक्त फल्चाको निर्माण सम्पन्न भइसकेको तर रङरोगन लगायतका फिनिसिङका कार्यहरु बाँकी रहेको उनले जानकारी दिए । 

    1.jpg

    नगरपालिकाको ‘मौलिक शैलीलाई आधुनिक उपकरणको प्रयोग गरि दिगो निर्माण गर्ने’ उद्देश्य पूर्तितर्फको एक सिँढि उक्त वडाको ‘गणेश फल्चा’ रहेको उनले दाबी गरे । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij