संघ र प्रदेशको अनुदानमा कटौतीका कारण सूर्यविनायकमा अपेक्षा अनुसारको विकास भएन : प्रवक्ता सापकोटा

संघ र प्रदेशको अनुदानमा कटौतीका कारण सूर्यविनायकमा अपेक्षा अनुसारको विकास भएन : प्रवक्ता सापकोटा

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • संघ र प्रदेशको अनुदानमा कटौतीका कारण सूर्यविनायकमा अपेक्षा अनुसारको विकास भएन : प्रवक्ता सापकोटा

    भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले संघ र प्रदेशले दिने अनुदानमा कटौती भएका कारण अपेक्षा अनुरुप विकास गर्न नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा सापकोटाले बजेटमा आएको कमीका कारणले विकास निर्माणमा केही सुस्तता आएको बताएका हुन् । 

    ‘संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न सकिएको छैन ।’ सापकोटाले भने । अनुदानमा कमी आएको भएतापनि नगरपालिका र वडास्तरबाटै त्यसको भर्पाइ गर्ने भरपुर प्रयास गरिएको उनले बताए । नगरपालिकाकै बजेटबाट उनको आफ्नो ७ नम्बर वडाका विभिन्न सडकहरुको स्तरोन्नति गरिएको उनले दाबी गरे । 

    rabindra sapkota.jpg

    आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले विभिन्न शिर्षकमा सूर्यविनायक नगरपालिकालाई ६२ करोड ८५ लाख रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदान चालू आर्थिक वर्षमा घटाएर ५५ करोड १४ लाख रुपैयाँ बनाइएको थियो । आगामी आर्थिक वर्षका लागि सूर्यविनायक नगरपालिकाका लागि संघीय सरकारले अनुदानका विभिन्न शिर्षकबाट ६० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

    narayani tatbandh.jpg

    अवलोकनका क्रममा नगरपालिकाको बजेटबाट नै ७ नम्बर वडामा विभिन्न नयाँ सडक बनाइएको बताउँदै सापकोटाले पछिल्लो समय बस्ती भित्र जाने सडक कालोपत्र  गरिएको जानकारी दिए । 

    विकास निर्माणका कार्य र मौलिकतालाई सँगै लिएर अघि बढ्ने उद्देश्यले उनको वडामा ‘रणबम बस्नेत पाटी’ को निर्माण समेत गरिएको उनले बताए । त्यससँगै, तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्ति बनाउने योजनालाई कार्यान्वयनको चरणमा समेत पुर्याइएको सापकोटाको भनाई थियो । 

    narayani tatbandh.jpg

    नगरपालिकाले सडक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पुर्याउनका लागि पनि कार्यहरु गरिरहेको सापकोटाले बताए । वडाका मानिसहरुमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य पुरा गर्नका लागि नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता समेत गरिएको उनले जानकारी दिए । प्रत्येक वडा एक सदस्य रहनेगरि पाण्डुबजारमा निर्माण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट पानी वितरण गरिने र वडाले आफ्नो वडामा खपत भएको पानीको एकमुष्ठ पैसा तिर्नेगरि योजना बनाइएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij