रोहित र कोहलीपछि जडेजाले पनि लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

रोहित र कोहलीपछि जडेजाले पनि लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • रोहित र कोहलीपछि जडेजाले पनि लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

    काठमाडौं । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हिजाे सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रविन्द्र जडेजाले यो जानकारी दिएका हुन् ।

    उनले टी–२० विश्वकप जित्नु एउटा सपना पूरा हुनुजस्तो भएको भन्दै माया र साथका लागि समर्थकलाई धन्यवाद दिएका छन् । देशका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरेको भन्दै जडेजाले क्रिकेटको अन्य फर्म्याटमा पनि यो जारी राख्ने बताएका छन् ।

    टी–२० विश्वकप जितेलगत्तै सन्न्यासको घोषणा गर्ने उनी तेस्रो खेलाडी बनेका छन् । शनिबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेपछि विराट कोहली र रोहित शर्माले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij