गण्डकीको ऊर्जा मन्त्रीमा फणीन्द्र देवकोटा पुन : नियुक्त

गण्डकीको ऊर्जा मन्त्रीमा फणीन्द्र देवकोटा पुन : नियुक्त

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • गण्डकीको ऊर्जा मन्त्रीमा फणीन्द्र देवकोटा पुन : नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको उर्जा मन्त्रीमा फणीन्द्र देवकोटा पुन : नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।

    गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए ।  माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए ।

    माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो । अदातलको आदेशपघि उनी पुन उर्जा मन्त्रीमा नियूक्त भएका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij