काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि टि–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । टि–२० विश्वकप उपाधि जितेलगत्तै उनले सन्यासको घोषणा गरेका हुन् ।
त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि–२०बाट सन्न्यासको घोषणा गरेका थिए ।
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि–२० विश्वकप जितेको थियो । यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो । रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।