शिक्षा क्षेत्र सुधारका लागि सूर्यविनायक नगरपालिकाले छुट्यायो २८ करोड ३७ लाख रुपैयाँ

शिक्षा क्षेत्र सुधारका लागि सूर्यविनायक नगरपालिकाले छुट्यायो २८ करोड ३७ लाख रुपैयाँ

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • शिक्षा क्षेत्र सुधारका लागि सूर्यविनायक नगरपालिकाले छुट्यायो २८ करोड ३७ लाख रुपैयाँ

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि २८ करोड ३६ लाख ३७ हजार रुपैयाँ छुट्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा शैक्षिक क्षेत्रका भौतिक संसचना साथसाथै अन्य आवश्यकता पुरा गर्नका लागि सो बराबरको बजेट विनियोजन गरेको हो । 

    नगरपालिकाले आगामी आर्थिक वर्षमा विद्यार्थीसँग जीवनोपयोगी सीप कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पूर्व प्राथमिक शिक्षा भौतिक सुधारका लागि १० लाख रुपैयाँ नगरपालिकाले छुट्याएको छ । र, राष्ट्रपति रनिङ शिल्ड खेलकुद सञ्चालनका लागि २० लाख रुपैयाँ र अन्य शैक्षिक गतिविधिसमेतलाई गरि नगरपालिकाले २८ करोड ३६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको हो ।

    आगामी आर्थिक वर्षमा नगरपालिकाले दिवा खाजालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ । विद्यार्थीलाई पोषणयुक्त खाना उपलब्ध गराउनका लागि प्रत्येक विद्यालयमा एक–एक वटा करेसाबरी निर्माणका लागि समेत बजेट छुट्याइएको सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् । सामुदायिक विद्यालयको भौतिक, प्राविधिक तथा संस्थागत सुधार गर्नका लागि निजी क्षेत्रका जस्तै व्यवस्थापकीय कौशल भएका मानिसहरुलाई अवसर दिइने समेत उनले बताइन् । 

    एसईई दिएर बसेका विद्यार्थीहरुलाई आगामी दिनहरुमा केकस्तो विषय पढ्ने भन्नेबारे जानकारीका लागि नगरपालिकाले शैक्षिक मेला समेत आयोजना गर्ने योजना बनाएको । विद्यार्थी साथसाथै शिक्षक र विद्यालयका अन्य कर्मचारीहरुको सिप वृद्धिका लागि समेत तालिमको आयोजना गरिने उनले बताइन् । 

    विद्यालयस्तरबाटै प्राविधिक शिक्षा दिनका लागि नगरपालिकाले आवस्यक जनशशक्ति र पूर्वाधारको व्यवस्था गर्ने भएको छ । त्यससँगै, वैदिक विद्यालयको अवधारणालाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ । विद्यालय क्षेत्रलाई सुरक्षित बनाउन सिसिटिभि, विद्यार्थीको शारीरिक तथा मानवीय विकासका लागि स्काउटिङ शिक्षा आदिका लागि पनि नगरपालिकाले सहयोग गर्ने लक्ष्य राखिएको नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् । 

    बालबालिका साथसाथै युवाहरुको सामाजिक विकासका लागि नगरपालिकाले युवा नीति निर्माण, युवा सम्मेलन, युवा खेलकुद लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij